खेल

चितवनद्वारा सोमपालको टोलीलाई २०४ रनको लक्ष्य, रोहन–पारस र आरिफको उत्कृष्ट ब्याटिङ

चितवनद्वारा सोमपालको टोलीलाई २०४ रनको लक्ष्य, रोहन–पारस र आरिफको उत्कृष्ट ब्याटिङ

काठमाडौंः पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्सलाई चितवन राइनोजले २ सय ४  रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले अर्धशतक बनाए ।

पारसले ४० बलमा २ छक्का र ६ चौका हिर्काउँदै ६३, रोहनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अविजित ७० रनको योगदान दिए । आरिफ शेखले १९ बलमा ३ छक्का र ३ चौकासहित ४१ रन बनाए ।

अघिल्लो खेलमा शानदार ब्याटिङ गरेका बाबर हायात भने १ रनमै आउट भए । बलिङमा अफताबबुद्दीन अहमदले २ र अविनाश बोहराले एक विकेट लिए । बुटवल र चितवनले पहिलो खेलमा जित हासिल गरिसकेका छन् ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेतृत्वको चितवनले पहिलो खेलमा पोखरा पल्टलाई हराएको थियो ।

यता अलराउन्डर सोमपाल कामी कप्तान रहेको बुटवलले काठमाडौं गोल्डेन्स वारियर्सलाई ‘सुपर ओभर’मा पराजित गरेको थियो ।

पीपीएल बुटवल ब्लास्टर्सविरुद्ध चितवन राइनोज पारस खड्का रोहन मुस्तफा आरिफ शेख

विशेष