मनोरञ्जन

यस्तो बन्यो धुर्मुस सुन्तलीको 'सेन्टी भाईरस' को पहिलो गीत (भिडियोसहित)

यस्तो बन्यो धुर्मुस सुन्तलीको 'सेन्टी भाईरस' को पहिलो गीत (भिडियोसहित)

काठमाडौँ। हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस सुन्तलीको प्रस्तुती चलचित्र सेन्टी भाईरसको 'फनफनी' बोलको गीत सार्वजनिक भएको छ।  

शंकर थापा स्माइलको संगीतमा बनेको गीतमा कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ । भने, गीतको शब्द रचना डिपी खनालले गरेका छन् । गीतलाई शंकर बिसीले कोरियोग्राफ गरेका छन।  

फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा अन्जली अधिकारीलाई मुख्य फिचर गरिएको छ। गीतमा अञ्जलीसँगै दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङलगायतका कलाकारले कम्मर मर्काएका छन।  

चलचित्रको कथावस्तु कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।

सेन्टी भाइरस

विशेष