मनोरञ्जन

बलिउडका यी ७ सेलिब्रेटी, जसले खाईसके जेलको चिसो हावा

बलिउडका यी ७ सेलिब्रेटी, जसले खाईसके जेलको चिसो हावा

एजेन्सी।  बलिउड अभिनेत्री पायल रोहगतीलाई राजस्थान प्रहरीले गुजरातको अहमदाबादबाट पक्राउ गरेको थियो । भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुका विरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन् । भिडियोलाई आधार मानेर उनलाई अहमदाबाद पुलिसले पक्राउ गरेको थियो।

२४ डिसेम्बर सम्म थुनामा राख्ने निर्णय भएकोमा १७ डिसेम्बरमा उनलाई जमानतमा छोडियो । पायल रोहगती जस्ता यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो केही मामिलामा जेल चलान भएका थिए । यस विषयमा सलमान खानदेखि सञ्जय दत्तको नाम लिन सकिन्छ। 

सञ्जय दत्त

१९९३ मा मुम्बइमा भएको ब्लास्ट मामिलामा सञ्जय दत्तलाई जेल सजाय भएको थियो । अवैध रुपमा हातहतियार राखेको आरोपमा उनलाई ५ वर्ष जेल सजाय भएको हो । २०१३ मा जेल चलान भएका उनी २५ फेब्रवरी २०१६ मा पुणेको यरवदा जेलबाट रिहा भएका थिए।

सलमान खान

१९९८ मा सलमान खानलाई कालो हरिणको सिकार मामिलामा पक्राउ गरिएको थियो ।अप्रिल २०१८ मा खानलाई जोधपुर अदालतले ५ सालको जेल सजाय सुनायो । तर उनी भने केही दिनमै जमानतमा रिहा भएका थिए । उनलाई 'हिट एन्ड रन आम्र्स एक्ट'  जस्ता केस चलाइएको थियो । 

साइनी आहुजा 

साइनी आहुजालाई २००९ मा घरेलु कामदारले बलात्कारको आरोप लगाएको थियो । उनलाई ७ सालको जेल सजाय भयो तर २०११ मा बम्बई उच्च अदालतबाट उनलाई जमानतमा रिहा गरियो ।

मोनीका बेदी

मोनीका बेदीलाई २००६ मा पोर्चुगलमा नक्‍कली अवैध कागजातसहित ग्याङस्टार अबु सलेमको साथ मुद्धा दायर गरेको अभियोगमा दोषी ठहराइयो । लिस्बन सहरबाट पक्राउ परेका मोनीकालाई ४ वर्ष जेल सजाय भएको थियो । उनी २०१० मा रिहा भएर पुःन वलिउडमा लागेकी छिन् । 

फरदिन खान

फरदिन खानलाई ५ मे २००१ मा कोकेन राखेको कारण पक्राउ गरिएको थियो । उनले जेलमा पाँच दिन बिताए । तर यसपछि उनी जमानतमा रिहा भए । फरदिनलाई जेलबाट सिधै पुनर्वास केन्द्रमा पठाइएको थियो ।

राजपाल यादव

करोडौंको लोन चुक्ता नगरेको आरोपमा राजपाल यादवलाई गत वर्ष नोभेम्बरमा पक्राउ गरिएको थियो । दिल्ली उच्च अदालतले उनलाई ३ महिना जेल सजाय सुनाएको थियो । 

सुरज पंचोली

आफ्नी प्रेमिका जिया खानको आत्महत्याको आरोपमा सुरज पंचोलीमाथि मुद्धा दर्ता गरिएको थियो । ३ जुन, २०१३ मा मुम्बईको फ्ल्याटमा जियाले आत्महत्या गरेकी थिइन् । यसै विषयमा लिभिङ टुगेदरमा बसेका सुरजलाई जेल सजाय सुनाइएको हो । एक महिनापछि पंचोली रिहा भएका थिए । 

अन्नपूर्ण पोस्टबाट साभार 

सेलिब्रेटी जेल

विशेष