मनोरञ्जन

चलचित्र 'आमा' को ट्रेलर (रिलिज ट्रेलरसहित)

चलचित्र 'आमा' को ट्रेलर (रिलिज ट्रेलरसहित)

काठमाडौँ।  सामाजिक र समसामयिक विषयवस्तुमा आधारित भई चलचित्र निर्माण गर्न अब्बल मानिएका दिपेन्द्र के खनाल ले अर्को एक मन छुने चलचित्रको निर्माण गरेका छन। 

चलचित्र 'पशुपति प्रसाद' बाट दर्शक तथा समिक्षकको तर्फबाट तारिफ बटुलेका दिपेन्द्र फेरी दर्शक रिझुने प्रयास गरेका छन। यसअघि 'चंगा चेट'जस्तो हल्काफुलक्का विषयमा कमेडी सिनेमा बनाएका दीपेन्द्रले यस पटक आमालाई आफ्नो सिनेमाको कथावस्तु  बनाएका छन्।

बिहीवार  यस चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । करिब ३ मिनेट ८८ सेकेण्ड लामो ट्रेलरबाट यसपटक उनले आफू गम्भीर सिनेमा लिएर आएको स्पष्ट संकेत गरेका छन्।

फागुन ९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको 'आमा' मा अभिनेत्री मिथिला शर्मा मुख्य भूमिकामा रहेकी छिन।  यसका अलावा चलचित्रमा सुरक्षा पन्त, मनिष निरौला, दिपेन्द्र के खनाल लगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

 

आमा नेपाली चलचित्र

विशेष