स्वास्थ्य

बिजुलीको झट्काबाट बच्न यी उपाय अपनाउन सकिन्छ

बिजुलीको झट्काबाट बच्न यी उपाय अपनाउन सकिन्छ

कहिले कहिले तपाईलाई पनि झुक्किएर करेन्ट झट्का लागेको हुन सक्छ। घरायसी सामग्रीहरु जस्तै बिजुली, टिभी, एसी/कुलर लगायतका विद्युतीय सामग्रीको प्रयोग गर्दा करेन्ट नलाग्ने थोरै मात्र हुन्छन ।  करेन्टको झट्का चाहे सानो होस् या ठुलो यसले शरीरमा एकप्रकारको तरंग पैदा गराउछ।  यदि झट्का तेजसंग लागेको छ भने त यसले ज्यानै समेत जान पनि सक्छ र गम्भीर समस्या पनि देखा पर्न सक्छ।  

त्यसैले बिजुलीको झट्का(करेन्ट) बाट बच्नका लागि यी उपाय अपनाउन सकिन्छ।  

-विद्युतीय सामग्री उपयोग गर्नुपुर्व मेन स्विच अफ गर्ने र चप्पल लगाउने साथै लट्ठीको सहायताले काम गर्ने 

-यदि कसैलाई करेन्ट लागेको छ भने उसलाई तुरुन्तै बचाउन गईहाल्नु हुदैन , यसका लागि लौरोको प्रयोग गर्न सकिन्छ।  

-कुनै व्यक्तिलाई करेन्ट लागेको छ भने उसलाई सहि स्थितिमा सुताउनुपर्छ।  यसका लागि उसको एउटा हात टाउको मुनि र अर्को हात अगाडी राख्ने।  त्यस्तै एउटा खुट्टा सिधा राख्ने र अर्कोलाई दोब्र्याएर राख्ने।  जसले गर्दा बेहोस भएका मानिसको होस् आउन लाग्छ।  

-यदि करेन्ट लागेपछि व्यक्तिको सास बन्द भएको छ भने तुरुन्तै चिकित्सककोमा लैजानु पर्छ।    

करेन्ट

विशेष