मनोरञ्जन

अभिनेत्री सुरक्षा पन्त किन भइन् भावुक?

अभिनेत्री सुरक्षा पन्त किन भइन् भावुक?

काठमाडौं – सिर्जनात्मक स्क्रिप्टमा काम गर्न रुचाउने अभिनेत्री सुरक्षा पन्त बिहीबार भावुक भइन्। ‘कम कलाकारले फिल्ममा मन छुने पात्रको भूमिका निर्वाह गर्न पाउँछन्। आमा फिल्म सुटिङको दौरान भोगेका अनुभव सम्झँदा यस्तै आँसु झर्छन्,’ उनी भन्दै थिइन्।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले आगामी फागुन ९ बाट रिलिज हुन लागेको ‘आमा’ फिल्मको सुटिङको अनुभव सुनाएकी थिइन्। कार्यक्रममा बोल्दै कलाकार मिथिला शर्माले यस फिल्मलाई आफ्नो करिअरको टर्निङ पोइन्ट भनेकी छन्। ‘मान्छेको जीवनमा एउटा टर्निङ पोइन्ट हुन्छ। यो फिल्म मेरो जीवनको टर्निङ पोइन्ट भएको छ।

कारण, हाल म थुप्रै फिल्ममा आमा बनेर खेलिसकेको छु। यस फिल्मले मलाई दिदीपछि आमाको उपनाम दिएको छ,’ उनले भनिन्। फिल्ममा आमाको भूमिका कलाकार मिथिला शर्मा र छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेका छन्।

निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित यस फिल्ममा मिथिला र सुरक्षाबाहेक सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी र पदमप्रसाद पौडेल लगायतको अभिनय गरेका छन्। फिल्ममा आमा पात्रको माध्यमबाट हरेक घरको कथा पस्कने प्रयासले गरेको निर्देशक खनालले बताए। फिल्ममा सुवास भुषालको संगीत र दिर्घ खड्काको सम्पादन रहेको छ।

 

विशेष