मुख्य समाचार

दाङमा प्रदेशसभामा नेकपाकी विमला वली निर्वाचित

दाङमा प्रदेशसभामा नेकपाकी विमला वली निर्वाचित

दाङः दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएकी छन् । विमला ५ हजार १०४ मतान्तरले काँग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन् । उनी २४ हजार २८६ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पछि पार्दै विजयी भएकी हुन्।

नेपाली काँग्रेसका आचार्यले १९ हजार १८२ मत ल्याए । जिल्ला समन्वय समितिको हलमा आइतबार विहान साढे ८ बजेदेखि सुरु मतगणना करिब राति १२ बजे तिर सकिएको थियो । यस क्षेत्रमा कूल मतदाता ६८ हजार ७१९ मतदाता थिए, भने  ४५ हजार ७१८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी यस निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १,२,१० र ११ शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाका मतदाताहरुले मतदान गरेका  थिए । प्रदेश सभा सदस्यको लागि १२ दल र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। त्यसैगरी २०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वली बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए ।  

प्रदेशसभा विमला वली उपनिर्वाचन

विशेष