राशिफल

मङ्सिर १६ गते सोमबार, कुन राशिका लागि कति शुभ? हेर्नुस् आजको राशिफल

मङ्सिर १६ गते सोमबार, कुन राशिका लागि कति शुभ? हेर्नुस् आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको १६ गते सोमबार, तदअनुसार सन् २०१९ डिसेम्बर २ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ।  आज पुरानो समस्या सुल्झाउन सकिनेछ ।

वृष–

अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । 

मिथुन–

स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

कर्कट–

काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह–

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ।

कन्या–

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।परिवारजनको साथले उत्साह जगाउनेछ।

तुला–

अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला।

वृश्चिक–

मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ।

धनु–

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। घरमा अतिथीको आगमन हुनेछ 

मकर–

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ–

छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

मीन–

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।  

#Daily Horoscope

विशेष