मुख्य समाचार

बागलुङ प्रदेशसभामा जनमोर्चाका शाही विजयी

बागलुङ प्रदेशसभामा जनमोर्चाका शाही विजयी

बागलुङः बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरे । शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले ९ हजार १३८ मत मात्रै ल्याए ।

बागलुङ क्षेत्र नं २ (ख) बाट २ जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार बिकले ३१६ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरे ।

२०७४ सालमा भएको आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य भएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खालि भएको बागलुङ क्षेत्र नं. २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ ।  

३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । जस मध्ये २०९७१ सदर र ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी भएका थिए ।  

बागलुङ उपनिर्वाचन खिमविक्रम शाही

विशेष