पीपीएलमा आज एक खेल मात्र, ज्ञानेन्द्र र प्रदीपको टिम भिड्दै

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा विराटनगर टाइटन्स र काठमाडौं गोल्डेन्स वारियर्स भिड्दै छन् । काठमाडौं–विराटनगरबीचको खेल आज दिउँसो ११ः३० बजेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।
जारी प्रतियोगितामा काठमाडौंले ३ म्याच खेल्दा एकमा जित र २ खेलमा पराजय बेहोरेको छ । काठमाडौंमा यो पटक पनि ज्ञानेन्द्र मल्ल कप्तान रहेका छन् । यता प्रदीप ऐरी नेतृत्वको विरानगरले २ म्याच खेल्दा एकमा हार र एक खेलमा जित हासिल गरेको छ ।
पोखरा प्रिमियर लिग पीपीएल विराटनगर टाइटन्सविरुद्ध काठमाडौं गोल्डेन्स वारियर्स