हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर

हुम्लाः ९ दिनको अन्तरालमा हुम्लामा तेस्रो पटक हिमपात भएको छ । शुक्रबार दिनभरी बादल लागे पनि शनिबार बिहानबाट हिमपात सुरु भएको हो ।
शनिबार बिहान ४ बजेदेखि मसिनो हिमपात हुँदा जमिन सेताम्मे भएको छ । यस अघिकै हिँउ नपग्लेको अवस्थामा फेरि हिँउ पर्न सुरु भएको हो ।
हिमपात भइरहँदा चिसो अत्याधिक बढेको छ । हुम्लामा शनिबार बिहानको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । हवाई सेवा समेत प्रभावित बनेको छ ।
हुम्ला जनजीवन