पर्यटनमन्त्री भट्टराईद्वारा विमानस्थलको आकश्मिक अनुगमन
काडमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन् ।
नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री शुक्रवार साँझ विमानस्थल पुगेका उनको निजी सचिवालयले जनाएको छ ।
पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल गएका थिए । विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरेका थिए ।
नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा मन्त्री भट्टराईले विमानस्थल लगायत पर्यटनसँग सम्बद्ध निकाय र स्थानहरुको अनुगमनलाई तीव्र बनाएका छन् । पर्यटनमन्त्रीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत पदाधिकारी पनि विमानस्थल गएका थिए ।
योगेशकुमार भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आकश्मिक अनुगमन