मनोरञ्जन

ब्रेकफास्टदेखि राती नसुतेसम्म, यस्तो छ सलमानको डाइट सिक्रेट

ब्रेकफास्टदेखि राती नसुतेसम्म, यस्तो छ सलमानको डाइट सिक्रेट

एजेन्सी।  बलिउड अभिनेता सलमान खान अभिनित पछिल्लो चलचित्र 'दबंग ३' हिजो अर्थात् डिसेम्बर २१ बाट देशभर प्रदर्शनमा आएको छ।  चलचित्रलाई दर्शकहरुबाट मिश्रित प्रतिक्रिया मिलेको छ।  

चलचित्रका अलावा फिटनेसका कारण पनि चर्चामा रहने सलमानले फिट रहनका लागि डाइटमा बिशेष ध्यान दिने गरेका छन।  ५३ बर्षीय सलमानको ३० बर्षे लक्का जवान जस्तो व्यक्तित्व देखिनुको पछाडिको कारण के हो त ?

उनको फिटनेसको एक मात्र राज डाइट र एक्ससाइज हो।  उनि फस्ट फुड भन्दा पनि घरायसी खाना खान नै बढी रुचाउछन। सुटिंगको बेलामा पनि उनि आफुलाई फिट राख्न ब्रेकफास्टमा मासु, फलफुल मात्र सेवन गर्ने गर्छन।  धेरै गुलियो, चिल्लो, पिरो मन नपराउने उनि शरीर स्वस्थ राख्न प्रोटिनयुक्त आहारको बढी भन्दा बढी सेवन गर्नुपर्ने मान्यता राख्छन।  

कस्तो हुन्छ सलमानको ब्रेकफास्ट 

सलमानको दिनको सुरुवात एक्ससाइजबाट हुन्छ।  त्यसपछि उनि ब्रेकफास्टमा ४ ओटा अन्डा, बदाम, ओट्स लिने गर्छन।  

लन्च 

लन्चमा सलमान नन भेजमा फ्राइड फिस, मटन खाने गर्छन त्यसपछि उनि ५ पत्ता चापतीको चपाउन मन पराउछन।  यसका साथै उनि सलाद र प्रसस्त फलफुल खान पनि पछि हट्दैनन् . 

डिनर 

डिनरमा उनि अण्डाको सेतो भाग, माछा, चिकेन र सुप खान मन पराउछन।  स्न्याक्सको समय उनि प्रोटिन बार, बदाम खाने गर्छन।  

बाहिरको खाना खासै खान मन नपराउने सलमानको फिटनेसको मुख्य राज यही हो।  

 

 

सलमान खान

विशेष