मनोरञ्जन

आकाश कार्कीको ‘नीरमाया’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

आकाश कार्कीको ‘नीरमाया’ युट्युब ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौंः आकाश कार्कीको नयाँ गीत ‘नीरमाया’ युट्युब ट्रेन्डिङमा पुग्न सफल भएको छ । नेपाल आइडल रवि ओड र सरू गौतमको स्वर रहेको ‘नीरमाया’ मंगबलार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको थियो । 

चार दिनकै समयमा रवि र सरुको आवाजमा रहेको ‘नीरमाया’  युट्युब ट्रेन्डिङमा पुग्न सफल भएको हो । शनिबार बिहानसम्म यो गीत युट्युब ट्रेन्डिङको ५० औँ नम्बरमा छ । यो अवस्थामासम्म गीतलाई ३ लाख बढी ‘भ्युज’ प्राप्त भएको छ । 
 
‘नीरमाया’को म्युजिक भिडियोमा ‘टिकटक’बाट उदाएका ‘ट्वीन गर्ल’ प्रिष्मा र प्रिन्सी खतिवडाका साथै आकाश कार्की र हिमान्सु कार्कीको अभिनय रहेको छ । ‘नीरमाया’मा लय–संगीत भीम बीसी, गोपाल रसाइलीको एरेन्ज र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ ।  

यस्तै गीतको भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन, नविन निरौलाले निर्देशन, अर्जुन तिवारीले छायाँकन गरेका हुन् ।  नेपाल आइडलपछि निकै व्यस्त रहेका रविको आवाजमा यसअघि ‘च्याप्प समाउँदै’ ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् । उनका यी गीतहरुले दर्शक–स्रोताको मन पनि जित्न सफल भइरहेका छन् । 

">

रवि ओड सरू गौतम गीत आकाश कार्की नीरमाया

विशेष