राशिफल

तपाईका लागि यो साता कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

तपाईका लागि यो साता कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस पुष ५ देखि पुष ११ गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।  आर्थिक लेनदेनमा भने केहि सावधानी अपनाउनु पर्ने छ।  समग्रमा तपाइको यो साता सुखद नै रहनेछ।  

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

सोचेअनुरुपको कार्य सम्पादन भएर जानेछ।  मनमा उत्साह जाग्नेछ।  नया सवारीसाधनको प्राप्ति हुनेछ।  प्रतिष्पर्धामा बिजयी भइने छ।  साताको अन्त्यमा अरुले भनेको कुरा नमान्दा अलि दुख पाइने छ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

पारिवारिक झैँ झमेलाको स्थिति देखा पर्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष धयान दिनुहोला।  साताको मध्यबाट एकै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ । साथीभाईको साथ र सहयोग प्राप्त हुनेछ। 

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

परिश्रमको उचित मुल्यांकन हुनेछ ।  ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण भइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

धार्मिक कार्यमा मन जानेछ।  रमणीय यात्राको अवसर जुट्ने छ।   सामाजिक काममा खट्ने समय रहेको छ।सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्न सक्लान सजक रहनुहोला।     

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

तिर्थ यात्राको योग रहेको छ । जटिल ठानिएको काम सजिलै सम्पादन भएर जानेछ । सभा सेमिनारमा सहभागी भइने छ ।  व्यापार व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ।  

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा विचार पुर्याउनु पर्नेछ । मनोरन्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । परिवारमा झैँ झमेला देखा पर्नेछ।  साताको मध्यबाट मान प्रतिष्ठामा वृद्धि हुनेछ।  नोकरी व्यवसायको क्षेत्रबाट राम्रै लाभ उठाउन सकिनेछ।  

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

व्यापार, व्यवसायको क्षेत्रमा राम्रै प्रगति हुने छ ।  बुद्धिको  उपयोगले जटिल ठानिएका कामहरु सजिलैसंग सम्पादन हुनेछन।  स्वास्थ्य अनुकुल रहनेछ ।  दाम्पत्य जीवन सुखद रहनेछ।  प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ ।  

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

घरमा मांगलिक कार्यको आयोजना हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाईका साथ रमाइलो यताको अवसर मिल्नेछ।  आतिथ्यपूर्ण सम्मान पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

बोलीको नकारात्मक अर्थ लाग्ने भएकाले बोल्दा अलि विचार पुर्याउनु पर्नेछ ।  नयाँ सवारी साधनको प्राप्ति हुनेछ ।  नोकरी व्यवसायमा लाग्नेहरुका लागि समय मध्यम रहेको छ ।  स्वास्थ्य सामान्य रहला।  समग्रमा तपाईकस लागि यो साथ मध्यम फलदायी रहनेछ ।  

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।  विश्वासपात्रबाट धोका पाईने छ । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

रमाइलो यात्राको सम्भावना  रहेको छ।  शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । अरुको कुरालाई बेवास्ता गर्दा महत्त्वपूर्ण अवसर गुम्न सक्छ।  समग्रमा मीन राशी हुनेहरुका लागि यो साता फलदायी रहेको छ। 

 

#Weekly Horoscope #

विशेष