खेल

काठमाडौं म्याराथनः नरेन्द्र रावलले जिते पुरुषतर्फको उपाधि

काठमाडौं म्याराथनः नरेन्द्र रावलले जिते पुरुषतर्फको उपाधि

काठमाडौंः काठमाडौं म्याराथनमा पुरुषतर्फ आर्मीका नरेन्द्रसिंह रावलले उपाधि जितको छन् । उनले आफ्नै क्लबका खेलाडीलाई पछि पार्दै उपाधि जितेका हुन् । नरेन्द्रले पहिलो पटक म्याराथनको उपाधि जितेका हुन् ।

४२ किलोमिटरको दुरी नरेन्द्रले २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा बेदबहादुर सुनुवार रहे । उनले २ घण्टा ३४ मिनेट १० सेकेण्डमा पुरा गरे । तेस्रोमा ज्ञानप्रसाद भट्टराई रहे । उनले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा पूरा गरे ।

यस्तै महिला तर्फको उपाधि कान्छिमाया कोजुले जितीन् । उनले निर्धारीत दुरी २ घण्टा ५७ मिनेट २४ सेकेण्डमा पूरा गरिन् । प्रतियोगितामा कान्छिमायाको यो लगातार तेस्रो उपाधि हो । यसअघिका दुई संस्करणमा उपाधि जितेकी कान्छिमायाले ह्याट्रिक गर्न सफल भइन् ।

यस्तै हाफ म्याराथनमा त्रिभुवन आर्मीका राजन रोक्का र पूर्णलक्ष्मी न्यौपानेले स्वर्ण पदक हात पारेका छन् । काठमाण्डौमा शनिबार बिहान भएको प्रतियोगिताको पुरुषतर्फ आर्मीका राजनले निर्धारित दुरी एक घण्टा १० मिनेट २६ सेकेण्डमा पूरा गरेका हुन् ।

यस्तै आर्मीकै हरि रिमालले एक घण्टा ११ मिनेट १३ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै दोस्रो भए भने आर्मीकै रामजी बस्नेत एक घण्टा १२ मिनेटमा २१ सेकेण्डमा तेस्रो बने ।

यस्तै महिला तर्फ पूर्णलक्ष्मीले एक घण्टा २८ मिनेट सुन्य तीन सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै दोस्रो बनेकी शानुमाय कार्कीले १ घण्टा ३० मिनेट ०१ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । नेपाल पुलिसकी रेखा विष्ट एक घण्टा ३१ मिनेट ३४ सकेण्डमा दुरी पुरा गर्दै तेस्रो भइन् ।

पाँच किलोमिटरतर्फ पुरुषमा अजितकुमार यादव पहिलो भए । उनले निर्धारीत दुरी १७ मिनेट १९ दशमलव नौ एक सेकेण्डमा पुरा गरे । दोस्रो स्थानमा गजेन्द्र राई रहे । उनले १७ मिनेट ३० दशमलव ६३ सेकेण्डमा दुरी पूरा गरे । तेस्रो स्थानमा शिवबहादुर रायमाझी रहे । उनले १७ मिनेट ५३ दशमलव २२ सेकेण्डमा दुरी पार गरे ।

महिला तर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो भइन् । उनले २२ मिनेट ३ दशमलव चार एक सेकेण्डमा दुरी पूरा गरिन् । दोस्रो स्थानमा पुलिसकी विर्सना कुमाल रहिन् । विर्सनाले २३ मिनेट नौ दशमलव तीन एक सेकेण्डमा दुरी पूरा गरिन् ।

काठमाडौं म्याराथन नरेन्द्रसिंह रावल

विशेष