मुख्य समाचार

कस्तो छ तीन दिनको मौसम?

कस्तो छ तीन दिनको मौसम?

काठमाडौंः केही दिनदेखि काठमाडौँ लगायत देशभर पश्चिमी वायूको प्रभाव जारी छ । आज पनि पश्चिमी वायूको प्रभाव पर्ने हुँदा देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

शनिवारः दिउँसो देशको पश्चिमि भू–भाग लगायत मध्य तथा पूर्वी पहाडि भू–भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ। देशका उच्च पहाडी–हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । देशका उच्च पहाडी–हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडि भू–भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आइतवार– दिउँसोः देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ ।

रातिः देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू–भागमा मौसम समान्यतया सफा रहनेछ ।

सोमवार– दिउँसोः देशको पूर्वी भू–भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाकी भू–भागमा मौसम समान्यतया सफा रहनेछ ।

रातिः देशको पूर्वी भू–भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू–भागमा मौसम समान्यतया सफा रहनेछ ।
 

मौसम मौसम पूर्वानुमान पश्चिमी वायू

विशेष