खेल

पीपीएलः प्रदीप ऐरीको टिमविरुद्ध कोल्सावालको अर्धतक पूरा

पीपीएलः प्रदीप ऐरीको टिमविरुद्ध कोल्सावालको अर्धतक पूरा

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत विराटनगर टाइटन्सविरुद्ध काठमाडौं गोल्डेन्स वारियर्सका ओपनर जयकिशन कोल्सावालाले शानदार अर्धशतक बनाएका छन् ।

उनले ३८ बलमा २ छक्का र ४ चौको प्रहार गर्दै अर्धशतक बनाएका हुन् ।  टस जितेर ब्याटिङ रोजेको काठमाडौंले यो समाचार तयार पार्दासम्म १५ ओभरमा ३ विकेट गुमाएर १ सय १४ रन बनाएको छ ।

यो अवस्थाका काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले २६ बलमा २ छक्का र २ चौका हिर्काउँदै ३१ रन बनाएका छन् ।

जारी प्रतियोगितामा काठमाडौंले ३ म्याच खेल्दा एकमा जित र २ खेलमा पराजय बेहोरेको छ । काठमाडौंमा यो पटक पनि ज्ञानेन्द्र मल्ल कप्तान रहेका छन् ।

यता प्रदीप ऐरी नेतृत्वको विरानगरले २ म्याच खेल्दा एकमा हार र एक खेलमा जित हासिल गरेको छ ।

विराटनगर टाइटन्सविरुद्ध काठमाडौं गोल्डेन्स वारियर्स पोखरा प्रिमियर लिग पीपीएल

विशेष