खेल

काठमाडौंले दियो विरानगरलाई १६० रनको लक्ष्य, आज पनि ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ

काठमाडौंले दियो विरानगरलाई १६० रनको लक्ष्य, आज पनि ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत विराटनगर टाइटन्सविरुद्ध काठमाडौं गोल्डेन्स वारियर्सले १ सय ६० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

उसका लागि लागि ओपनर जयकिशन कोल्सावालाले ४३ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ५५ रन बनाए । अघिल्लो खेलमा शतक बनाएका कप्तान ज्ञानेन्द्र मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ३३ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४५ रनको योगदान दिए ।

यस्तै अमित श्रेष्ठले १७, सुबोध भाटीले १४, पवन सराफले अविजित ५ र आदिल खानले नटआउट १३ रन बनाए । बलिङमा विराटनगरका पुनित मेहेराले २, जितेन्द्र मुखिया, किशोर महतो र नोमन खानले १–१ विकेट लिए ।

जारी प्रतियोगितामा काठमाडौंले ३ म्याच खेल्दा एकमा जित र २ खेलमा पराजय बेहोरेको छ । काठमाडौंमा यो पटक पनि ज्ञानेन्द्र मल्ल कप्तान रहेका छन् । यता प्रदीप ऐरी नेतृत्वको विरानगरले २ म्याच खेल्दा एकमा हार र एक खेलमा जित हासिल गरेको छ ।

पोखरा प्रिमियर लिग पीपीएल राटनगर टाइटन्सविरुद्ध काठमाडौं गोल्डेन्स वारियर्स

विशेष