मनोरञ्जन

निर्मला हत्याकाण्डमा आधारित चलचित्र 'कोपिला' को ट्रेलर रिलिज (ट्रेलरसहित)

निर्मला हत्याकाण्डमा आधारित चलचित्र 'कोपिला' को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौँ। कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आधारित भई निर्माण गरिएको चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार ओएसआर डिजिटलले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।चलचित्रको ट्रेलरमा निर्मलालाई कोपिला पात्र बनाइएको छ।

चलचित्रको लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन्। चलचित्रमा सरिता गिरी, गणेश गिरी र रिद्धि चरण श्रेष्ठको मुख्य भूमिका रहेको छ। चलचित्र मणिराज गौतमले निर्माण गरेका हुन्।

नेपाली चलचित्र कोपिला

विशेष