मुख्य समाचार

धरानमा काँगेसको अग्रता कायमै, १ हजार बढी मतले पछि परे नेकपा उम्मेद्वार

धरानमा काँगेसको अग्रता कायमै, १ हजार बढी मतले पछि परे नेकपा उम्मेद्वार

सुनसरीः सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । ताजा मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

१० हजार १२२ मत गन्न बाँकी हुँदा नेपाली काँग्रेसका तिलक राईले २१ हजार ३११ मत पाएका छन् । नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत पाएका छन् । प्रकाश राई नेपाली काँग्रेसका तिलक राई भन्दा एक हजार बढी मतले पछि परेका छन् ।

धरानलाई तत्कालीन एमालेको गढ क्षेत्र मानिन्छ । तर उपनिर्वाचनमा भने कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म ४४ हजार ८८९ मत गनिएको छ । वडा नम्बर ६ देखि २० सम्मको गणना भइसकेको हो ।

सुनसरी धरान उपमहानगरपालिका उपनिर्वाचन तिलक राई प्रकाश राई

विशेष