मुख्य समाचार

लोकसेवामा प्रश्नपत्र आउट गर्नेलाई ३ वर्ष र चिट चोर्नेलाई २ वर्ष प्रतिबन्ध

लोकसेवामा प्रश्नपत्र आउट गर्नेलाई ३ वर्ष र चिट चोर्नेलाई २ वर्ष प्रतिबन्ध

काठमाडौंः प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ । गत शुक्रबार बसेको समिति बैठकमा सांसदहरूले लोकसेवा आयोग विधेयकबारे छलफल गर्दै दण्ड सजायको व्यवस्था तोक्ने विषयमा धारणा राखेका थिए ।

लोकसेवा आयोगसम्बन्धी परीक्षा उल्लंघन गर्नेलाई दुई, तीन र चार वर्षसम्म आयोग परीक्षामा सामेल हुन नपाउने सहमति जुटेको हो । 

परीक्षा केन्द्रमा चिट चोर्ने वा चोराउने, अर्काको नक्कल गर्ने वा गराउनेलाई दुई वर्षसम्म परीक्षामा सामेल हुन नदिने प्रावधान राखिएको छ । प्रश्नपत्र आउट गर्नेहरूले भने तीन वर्षसम्म जाँच दिन पाउने छैनन्। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

राज्य व्यवस्था तथा सुशासन समिति लोकसेवा आयोग प्रश्नपत्र आउट

विशेष