पोखरा प्रिमियर लिगः आज पारस भर्सेस प्रदीप, दीपेन्द्र भर्सेस सोमपाल

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) मा आज २ वटा खेल हुँदै छन् । पहिलो खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज भिड्दै छन् ।
चितवन–विराटनगरबीचको खेल आज बिहान ९ः३० बजेदेखि पोखरा रंगशामा सुरु हुँदैछ । जारी प्रतियोगितामा चितवनले ३ म्याचमा सबैका जित हासिल गरेको छ । यता विराटनगरले भने ३ म्याच खेल्दा एकमा जित र २ खेलमा हारको सामना गरेको छ ।
चितवनमा पारस खड्का र विराटनगरमा प्रदीप ऐरी कप्तान रहेका छन् । यस्तै आजै हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो १२ः४५ बजेदेखि सुरु हुनेछ ।
बुटवलले जारी लिगमा ३ म्याच खेल्दा २ मा जित र एक खेलमा हार बेहोरेको छ । दीपेन्द्रसिंह ऐरी नेतृत्वको धनगढीले भने ३ म्याचमा एकमा जित र २ खेलमा पराजय भोगेको छ । जारी पीपीएलमा ६ टिमको सहभागिता रहेको छ ।
पोखरा प्रिमियर लिग पारस खड्का पीपीएल विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज प्रदीप ऐरी