मुख्य समाचार

मध्यरातमा श्रीमतीसहित गाउँपालिका अध्यक्षको अपहरण

मध्यरातमा श्रीमतीसहित गाउँपालिका अध्यक्षको अपहरण

काठमाडौंः दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको छ । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको जनाइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले भने आफू जिल्लामा रहेको र उक्त जानकारी आएको बताइन् । उनले भनिन्, ‘म जिल्लामा रहेको हुनाले गाउँमा बुझ्दै छु, यस्तै खबर आएको छ ।’ जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भइनसकेको जनाएको छ ।

विप्लव अपहरण ठाटीकाँध गाउँपालिका धीरबहादुर शाही

विशेष