खेल

क्लब विश्वकपको उपाधि लिभरपुललाई

क्लब विश्वकपको उपाधि लिभरपुललाई

काठमाडौंः क्लब विश्वकप फुटबलको उपाधि  इंग्लिस क्लब लिभरपुलले जितेको छ । शनिबार राति कतारमा भएको खेलमा लिभरपुलले फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन रोबर्टो फिर्मिन्होले गोल गरे ।

निर्धारित समयमा दुवै टोलीले  बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा लिभरपुलका लागि  फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यो गोल नै विश्वकप जिताउन पर्याप्त बन्यो । लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। 

क्लब विश्वकप फुटबल उपाधि लिभरपुल

विशेष