खेल

साग महिला क्रिकेटः पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय म्याच खेल्दै नेपाल

साग महिला क्रिकेटः पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय म्याच खेल्दै नेपाल

काठमाडौंः १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली महिला क्रिकेट टिमले पहिलो खेल आज माल्दिभ्सविरुद्ध खेल्दै खेल्दैछ । 

नेपाल र माल्दिभ्सबीचको खेलमा आज बिहान ११ बजेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । नेपालले पहिलोपटक साग खेलकुदमा क्रिकेट खेल्न लागेको हो  । यस्तै घरेलु मैदानमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय म्याच पनि हो ।

 सागमा महिला क्रीकेटमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको छ । नेपालले माल्दिभ्सपछि डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्ने छ ।

माल्दिभ्सको पूर्ण टोलीः हफ्सा अब्दुल्ला, मारियाम जुना (कप्तान), मारियाम एसाल, आईशाथ आइमा, हमजा नियाज, सुम्या हमिद, फथिमाथ साजा, फथिमाथ किनानाथ, शाम्बा अली, हलिमाथ लैसा, अली सलिम, मारियाम लिन, फथिमाथ माहा र नाबा नसीम ।

नेपाली महिला पूर्णटोलीः रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर (उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ (विकेटकीपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ती), रोमा थापा, डली भट्ट र कविता कुँवर । 

साग नेपाल भर्सेस माल्दिभ्स साग महिला क्रिकेट

विशेष