स्वास्थ्य

घाँटीमा रहेको २ किलो ट्युमर झिकियो

घाँटीमा रहेको २ किलो ट्युमर झिकियो

भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकको टोलीले जटिल मानिएको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको छ। अस्पतालका न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वमा २५ वर्षीया महिलाको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको हो।

उपचारको लागि सात महिनासम्म विभिन्न अस्पतालमा भौंतारिएकी उनी गएको साता भक्तपुर क्यान्सर अस्पतालमा आएको डा. शाहले जानकारी दिए। अस्पतालको अन्तरंग विभागमा आएकी उनको स्वास्थ्य परीक्षणको क्रममा उक्त ट्युमर अति रक्तस्राब हुने अवस्थामा रहेको उनको भनाइ थियो।

डा. शाहले करिब पाँच घन्टा लगाएर उक्त ट्युमरको सफल शल्यक्रिया गरिएको बताए। शल्यक्रियामा न्यूरो विभागका डा. शाहसँगै डा. विशाल पोखरेल, टाउको तथा घाटी विभागका डा. विवेक खनाल, डा. रिजेन्द्र योगोल र एनेस्थेसिया विभागका डा. दीपेश धितालसहित नर्सहरुको टोली सहभागी भएको अस्पतालले जनाएको छ।

यो समाचार अन्नपुर्ण पोस्ट दैनिकबाट लिइएको हो।  

ट्युमर

विशेष