मुख्य समाचार

गाउँपालिका अध्यक्ष दम्पती अपहरणः श्रीमती भेटिइन्, श्रीमान अझै वेपत्ता

गाउँपालिका अध्यक्ष दम्पती अपहरणः श्रीमती भेटिइन्, श्रीमान अझै वेपत्ता

दैलेखः जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीसहित अपहरणमा परेकी उनको धर्मपत्नी इला मल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बर्ता लेकमा भेटिएकी छन् । 

अपहरणको सूचना पाए लगत्तै स्थानीयले खोजी गर्न हिडेको टोलीले दैलेख र कालिकोट पर्ने भर्तालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफूलाई प्राप्त भएको गाउँपालिका वडा १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाले बताए । उनी फेला परे पनि अपहरमा परेका अध्यक्ष शाहीको अवस्था अज्ञात रहेको  वडाध्क्ष बुढाले बताए । 

विप्वल नेतृत्वको नेकपा समूहले शनिबार अध्इक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेको प्रहरीले आशंका गरेको छ । ठाटिकाँध गाउँपालिका वडा २ श्रीपाटामा रहेको घरबाट राति १२ बजे अध्यक्ष शाही र उनकी श्रीमती अपहरण परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसको लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए । 

गाउँपालिका उपाध्यक्ष सुस्मीता शाहीका अनुसार आफू जिल्लामा आएको र अध्यक्ष र उहाँको धर्मपत्नीलाई अपहरण गरेको सूचना आफूलाई ठाँटिकाँध प्रहरीले दिए । गाउँपालिकामा त्यस्तो केही थिएन कसरी एक्कासी अपहरण भयो उनले बताए । वडा नम्वर १ का वडा अध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राती १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजी कार्यमा लागको बताए ।  
 

दैलेख ठाटिकाँध गाउँपालिका धिरबहादुर शाही दम्पती अपहरण

विशेष