खेल

पीपीएलः लोकेशको विस्फोटक ब्याटिङका बाबुजत विराटनगर पराजित, पारसको टिमको लगातार चौथो जित

पीपीएलः लोकेशको विस्फोटक ब्याटिङका बाबुजत विराटनगर पराजित, पारसको टिमको लगातार चौथो जित

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज १८ रनले विजयी भएको छ । यो जितसँगै चितवन फाइनल नजिक पुगेको छ । पोखरा रंगशालामा चितवनले दिएको १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९ औं ओभरमा सबै विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।

उसका लागि युवा ब्याट्सम्यान लोकेश बमले ३६ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै पुनित मेहेराले २४, नोमन खानले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सेकनन् । 

बलिङमा चितवनका भुवन कार्की, करण केसीले ३–३, रोहन मुस्तफाले २ र सन्नी पटेलले एक विकेट लिए । यसअघि पोखरा रंशालामा टस हारेर ब्याटिङको मौका पाएको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । उसका लागि आज पनि आरिफ शेखले आक्रामक ब्याटिङ गरे । उनी २२ बलमा ३ चौका र ३ छक्कासहित ३९ रनमा अविजित रहे । सन्नी पटेल ८ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा अविजित रहे ।

यस्तै कप्तान पारस खड्का ३५, बाबर हायातले २५, रोहन मुस्तफाले ७ र अनिलकुमार शाहले ३ रनको योगदान दिए । बलिङमा जितेन्द्र मुखिया, पुनित मेहरा, कमेहम्मद जैद आलम र किशोर महतोले एक–एक विकेट लिए ।  

विराटनगर टाइटन्सविरुद्ध चितवन राइनोज पोखरा प्रिमियर लिग पीपीएल लोकेश बम

विशेष