सन् २०२० को प्रारम्भसँगै मुलुक नयाँ राजनीतिक दिशामा (भिडियोसहित)
डा. रुद्रनाथ अधिकारी प्रसिद्ध ज्योतिषी हुन् । उनले गरेका अधिकांश भविष्यवाणी सत्य हुँदै आएका छन् । आउँदो अंग्रेजी नयाँ वर्ष २०२० नेपाल र नेपालीका लागि कस्तो छ भन्ने विषयमा पनि उनले भविश्यवाणी गर्दै राजनीतिकरुपमा खतरनाक उतारचढाव हुने दावी गरेका छन् ।
उनले गरेको भविश्यवाणीका केही तथ्य यस्ता छन् :
क ) सन् २०२० को प्रारम्भ अर्थात २४ जनवरीबाट मुलुकको साढे सातको प्रभाव हट्दैछ । यसपटक यदाकदा मात्र हुने पञ्चग्रहको योग परेको छ । यसबाट मुलुकले नयाँ राजनीतिक दिशा लिने देखिन्छ ।
ख) जनवरी २४ देखि २९ मार्चसम्म शासक र प्रशासकबीच उतारचढाव हुने सम्भावना छ । नयाँ राजनीतिक समीकरण बन्ने देखिन्छ ।
ग ) राष्ट्रपति कार्यकारी हुने सम्भावना छ । संसद् राष्ट्रपति मातहत हुने परिस्थिति खडा हुने छ । २०२२ सम्ममा राष्ट्रपति नै कार्यकारी हुनेछन् ।
घ ) नेकपा अध्यक्ष पुष्पकमल दाहालको राशी मिथुन हो । उनले जनवरी २४ अघि नै महत्वपूर्ण निर्णय लिएको राम्रो । त्यसपछि संघर्ष गर्नुपर्नेछ ।
ङ ) वामदेव गौतम र ईश्वर पोखरेलको राशी वृष हो । दुवैको गज्जबले उदय हुनेछ । बामदेव प्रधानमन्त्री हुनसक्छन् । ईश्वरको पनि राम्रो छ, तर वामदेवले उछिन्छन् । दुवै जनाको २०२५ सम्म निकै राम्रो अवस्था छ ।
च ) प्रधानमन्त्री केपी ओलीको अवस्था गीर्दो छ । वामदेवको उदयपछि ओली राजनीतिक जीवनमा ‘स्पेस’ नपाउने अवस्थामा पुग्न सक्छन् ।
छ ) कांग्रेस सभापति शेरबहादुर देउवा झन पतनतर्फ जाँदैछन् । उनका कारण पार्टी र मुलुकलाई पनि घाटा हुने देखिन्छ ।
ज ) सन् २०२० भित्रै राजसंस्थाले कुनै न कुनै ‘स्पेस’ पाउने देखिन्छ । हिमानी शाह र हृदयेन्द्र राजसंस्थाको प्रतीक रहनेछन् । ज्ञानेन्द्र शाह शासन सत्तामा फर्किने छैनन् । तेस्रो पटक राजा हुने योग गलत हो, त्यस्तो केही छैन ।
झ ) भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी अझै शक्तिशाली हुनेछन् । तर, मोदी नेपालका लागि सदैव घातक बन्नेछन् । मोदी नेपालका लागि अनिष्ट हुन् ।
ञ ) मुलुकमा यज्ञ अनुष्ठान गर्न जरुरी छ । सरकार आफैले गरे उत्तम, व्यक्तिगत तथा निजीरुपमा भएका धार्मिक कार्यक्रम, यज्ञ अनुष्ठानले मुलुकको संकट मोचन गर्न मद्दत गर्नेछ ।
विस्तृत जानकारी भिडियोबाट :