खेल

पोखरा प्रिमियर लिगः शरद र दीपेन्द्रको टिम भिड्दै आज

पोखरा प्रिमियर लिगः शरद र दीपेन्द्रको टिम भिड्दै आज

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) मा आज एक खेल मात्र हुँदैछ । आज हुने खेलमा पोखरा पल्टन र एक्सपर्ट धनगढी ब्लुज भिड्दै छन् ।

पोखरा–धनगढीबीचको खेल आज दिउँसो ११ः३० बजेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । यी दुवै टिमले ४ खेलमा समान एकमा जित र ३ खेलमा हारको सामना गरेका छन् ।

धनगढीमा दीपेन्द्रसिंह ऐरी र पोखरामा शरद भेषवाकर कप्तान रहेका छन् । पोखरा गत संस्करणको विजेता हो । अंक तालिकामा पोखरा पाँचौ स्थानमा छ । धनगढी २ अंकका साथ तालिकाको पुछारमा छ ।

पोखरा प्रिमियर लिग पीपीएल पोखरा पल्टनविरुद्ध धनगढी ब्लुज

विशेष