खेल

सागमा आज १२ खेलमा प्रतिस्पर्धा हुँदै

सागमा आज १२ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुनेछ । आजै सातदोवाटो स्थित तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसैगरी कराँते, पुरुष फुटबल, खो खो टेबलटेनिस, टेनिस, गल्फ र महिला पुरुष भबिलको कांस्य पदकका लागि भिडन्त हुनेछ । पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन खेल हुँदैछ ।

तेक्वान्दोसँगै कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्ण पदकका लागि भिडन्त हुनेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबलमा बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । सागको औपचारिक उद्घाटन आइतबार साँझ भब्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गरिेकी थिईन् । उद्घाटन सत्रको मार्चमापमा नेपालको झण्डा ओलम्पियन एवं भारोत्तोलन खेलाडी कमल अधिकारीले बोकेका थिए । 

साग

विशेष