स्वास्थ्य

दम के हो ? किन हुन्छ ? लक्षण र घरेलु उपचार जान्नुहोस

दम के हो ? किन हुन्छ ?  लक्षण र घरेलु उपचार जान्नुहोस

फोक्सोको श्वासनलीमा आएको संकुचनका कारण श्वासप्रश्वासमा हुने कठिनाई, सास फुल्ने समस्या तथा श्वासप्रश्वासमा तिब्रता आदिको एकीकृत रुपलाई दम भनेर चिनिन्छ । दम दिर्घ रोग हो।  यो जुनसुकै उमेर समुहका मानिसलाई पनि हुन् सक्छ।  तर दम भएको मान्छेलाई जति बेला पनि श्वास प्रश्वासमा समस्या हुन्छ भन्ने छैन । जति बेला दमले समाउँछ त्यतिबेला बढी कठिनाई महसूस हुन्छ । दम रोग फोक्सोको रोग हो । सास लिन कठिनाइ हुनु साथै अक्सिजन शरीर भित्र रगतमा प्रवेश गर्न कठिनाइ हुँदा दम रोगले सताउने गर्छ 

दम हुनुको कारण

एलर्जी, वायु प्रदुषण, धुम्रपान एवं सुर्तिजन्य पदार्थको सेवन, श्वास नली र फोक्सोको संक्रमण, आनुबंशिक कारण , मौसमको कारण, मोटोपन , तनाब आदि ।

दमको लक्षण:

१) श्वासप्रश्वासमा  कठिनाइ

२) सुत्न असजिलो तथा अनिन्द्रा 

३) खोकी लाग्नु 

५) अनावश्यक थकावट

घरेलु उपचार

१) अदुवाको रस, अनारको रस र मह बराबर मिलाएर यस मिश्र्णको १/१ चम्चा दिनको तीन पटक सेवन गर्ने ।

२) कागतीमा भिटामिन सी प्रसस्त पाइने हुँदा तातोपानीमा कागती निचोरेर आवश्यकता अनुसार मिश्री मिलाइ दिनको ३/४ पटक पिउने ।

३) अमलालाइ कुटेर लेदो बनाइ महसँग मिलाइ सेवन गर्ने ।

४) एक चम्चा महसँग आधा चम्चा दालचिनी पाउडर मिलाइ सुत्नु भन्दा अगाडी सेवन गर्ने ।

५) प्याजलाइ सलाद्को रुपमा प्रयोग गर्दा दममा राहात मिल्दछ ।

६) एक गिलास तातो दुधमा जैतुनको तेल र मह बराबर भाग मिलाइ लसुन चबाउदै बिहान खाजा अघाडी पिउने ।

७) पानीमा एक चम्चा जुवानो उमालेर यसको बाफ लिने/पिउने ।

८)पुरानो अमिलो अचार, अमिलो दही मोही नखाने साथै चिसो हुने खानेकुरा कम खाने ।

९)धुवाँधुलो चिसो अस्वास्थकर वातावरणबाट जोगिने ।

दम कारण घरेलु उपचार

विशेष