मुख्य समाचार

उपनिर्वाचनः धरानमा काँग्रेसका उम्मेदवार जित नजिक

उपनिर्वाचनः धरानमा काँग्रेसका उम्मेदवार जित नजिक

काठमाडौंः उपनिर्वाचनको दुई स्थानबाहेक सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अब धरान उपमहानगरपालिकाका प्रमुख र धरान उपमहानगरकै ७ नम्बर वडाका अध्यक्षका लागि भएको मतदानको परिणाम आउन मात्र बाँकी छ ।

अहिलेसम्म सार्वजनिक ५० स्थानको मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३०, नेपाली काँग्रेसले १२, समाजवादी पार्टीले ४, राजपा नेपालले ३, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र उम्मेदवारले एक÷एक सिट जितेका छन् । 

धरान धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई जीत नजिक पुगेका छन् । उनले २५ हजार ९ सय ९५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा प्रकाश राई २३ हजार ३ सय ९३ मत सहित पछ्याइरहेका छन् । अब केही मत मात्र गणना हुन बाँकी रहेको बताइएको छ ।   

उपनिर्वाचन धरान उपमहानगरपालिका तिलक राई

विशेष