खेल

पीपीएलः धनगढीविरुद्ध पोखराले सस्तैमा गुमायो ७ विकेट

पीपीएलः धनगढीविरुद्ध पोखराले सस्तैमा गुमायो ७ विकेट

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत एक्सपर्ट धनगढी ब्लुजविरुद्ध पोखरा पल्टनले खराब प्रदर्शन गरेको छ ।  टस जितेर ब्याटिङ रोजेको पोखराले ११ ओभरमा महत्वपूर्ण ७ विकेट गुमाएर ६९ रन मात्र बनाएको छ ।

उसले विनोद भण्डारीलाई १२, कुसल भुर्तेललाई ६, कप्तान शरद भेषवाकरलाई ४, कृष्ण कार्की, कुसल मल्लाई १–१, रवीन्दर सिंह र राेहित पाैडेललाई शून्य रनमा गुमाइसकेको छ । 

पोखरा–धनगढीको यो लिग चरणको अन्तिम खेल हो । दुबै टोलीको प्ले अफको अंक गणितीय झिनो सम्भावना मात्रै बाँकी छ । दुबैले समान ४ खेलमा ३ खेलमा हार र १ मा जित सहित समान २ अंकका साथ पोखरा नेट रन रेटले पाँचौ र धनगढी पुछारमा छन् ।

दुबै टोलीलाई प्ले अफमा पुग्न अप्रत्याशित फराकिलो जितको आवश्यकता पर्छ । साथै उता मंगलबार काठमाडौं गोल्डेन्स वारियर्स चितवन राइनोजसँग पराकिलो अन्तरले पराजित हुनुपर्छ । सामान्य अन्तरले पराजित भए पनि काठमाडौंको नेट रन रेट राम्रो हुँदा प्ले अफमा पुग्ने समिकरण बलियो छ ।

बुटवल ब्लास्टर्सले बुधबार विराटनगरलाई पराजित गरे अझ सहज हुनेछ । पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो । 

पीपीएल धनगढी ब्लुजविरुद्ध पोखरा पल्टन

विशेष