खेल

पीपीएलः गतविजेता पोखरा धनगढीविरुद्ध निरिह, ७९ रनमै अलआउट!

पीपीएलः गतविजेता पोखरा धनगढीविरुद्ध निरिह, ७९ रनमै अलआउट!

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजविरुद्ध पोखरा पल्टन ७९ रनमै समेटिएको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाए ७९ रन मात्र बनान सक्यो ।

उसका लागि आशिफ शेखले सर्बाधिक ३२, उसले विनोद भण्डारीले १२, कुसल भुर्तेलले ६, कप्तान शरद भेषवाकर, पर्थमेश डाँकेले ४–४, कृष्ण कार्की, ललितनारायण राजवंशी, कुसल मल्लले १–१, रवीन्दर सिंह, रोहित पौडेलले शून्य र सर्वजित लाडाले अविजित ४ रन बनाए ।

बलिङमा धनगढीका अनिल खरेलले ३, दीपक पुनिया, सागर ढकाल र कमलसिंह ऐरीले २–२ विकेट लिए ।

पोखरा–धनगढीको यो लिग चरणको अन्तिम खेल हो । दुबै टोलीको प्ले अफको अंक गणितीय झिनो सम्भावना मात्रै बाँकी छ । दुबैले समान ४ खेलमा ३ खेलमा हार र १ मा जित सहित समान २ अंकका साथ पोखरा नेट रन रेटले पाँचौ र धनगढी पुछारमा छन् ।

दुबै टोलीलाई प्ले अफमा पुग्न अप्रत्याशित फराकिलो जितको आवश्यकता पर्छ । साथै उता मंगलबार काठमाडौं गोल्डेन्स वारियर्स चितवन राइनोजसँग पराकिलो अन्तरले पराजित हुनुपर्छ ।

सामान्य अन्तरले पराजित भए पनि काठमाडौंको नेट रन रेट राम्रो हुँदा प्ले अफमा पुग्ने समिकरण बलियो छ ।

बुटवल ब्लास्टर्सले बुधबार विराटनगरलाई पराजित गरे अझ सहज हुनेछ । पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

धनगढी ब्लुजविरुद्ध पोखरा पल्टन पोखरा प्रिमियर लिग पीपीएल

विशेष