अयोध्या र जम्मू काश्मिर घटनापछि भारतीय अधिकारीले युनेस्कोमा के भने ?
नयाँ दिल्ली । अयोध्यामा मन्दिर र मस्जिदबारेको विवादबारे भारतीय सर्बोच्च अदालतले अगष्ट ९ मा गरेको फैसला र अगष्ट ५ मा काश्मिरी विषयबारे पाकिस्तानी अधिकारीले जथाभावी आरोप लगाउन थालेको भन्दै युनेस्कोको ४० औँ बैठकमा भारतले कडा शब्दमा खण्डन गरेको छ ।
गत नोभेम्बरमा भएको बैठकमा भारतले सेप्टेम्बर ९, २००१ मा भएको आक्रमणका मुख्य आतंकवादी ओशामा विन लादेनलाई लुकाएर राख्ने देशले काश्मिर र अयोध्याबारेको फैसलामा टिप्पणी गरेको जनाएको छ । नयाँ दिल्लीले अयोध्याबारेको फैसलाबारे भनेको छ – ‘सबै धर्म र विश्वासमाथि उत्तिकै सम्मान कानूनीरुपमैँ भएकोले पाकिस्तानको विचार यसको विरुद्धमा छ । ’
रिपोर्टका अनुसार पाकिस्तानी शिक्षामन्त्री सफक्वत महम्मुदले युनेस्कोको छलफलमा अयोध्या फैसलाबारे आलोचना गर्दै धार्मिक÷सांस्कृतिक स्वतन्त्रता विरुद्ध फैसला आएको जनाएका थिए । साथै पाकिस्तानका विदेश मन्त्रालयका सचिव सोहेल महम्मूदले मुस्लिम सहयोगी मुलुकका राजदूतहरुसँगको छलफल इस्लामावादमा डाकी अयोध्या फैसलाको विरोध गरेका थिए ।
भारतले राष्ट्रसंघका अधिकारीसँग भनेका छन् – ‘पाकिस्तानको अवाञ्चित तर्कको भत्सर्ना गर्दछौँ । पाकिस्तान केटाकेटीपनरुपी प्रोपोगाण्डा धोखाधडीपूर्ण र तथाकथित झुटको पुलिन्दा हो । भारतको सर्बोच्च अदालत कानूनीराजको सम्मान र पाकिस्तान सम्बन्धित सबै धर्मप्रति उत्तिकै आस्थावान छ । पाकिस्तानको यसमा अनभिज्ञता कुनै आश्चर्य होइन तर हाम्रो आन्तरिक मामिलामा उनीहरुको अनावश्यक चासो र वैमनस्यता बढाउने गरी फैलाइएको कार्यप्रति तीव्र आपत्ति छ । ’
‘तपाईँहरु आफैँलाई प्रश्न गर्नुहोस् न । सेप्टेम्बर ९÷११ का मुख्य योजनाकार ओशामा विन लादेन र २६÷११का मुख्य हमलाकार हाफिज सायिद कहाँ पत्ता लगाईए ? ओशामा विन लादेन र तालिबानी नेता मुल्लाह ओमार कहाँ पाइए ? राष्ट्रसंघले सुचीकृत गरेका १३० आतंकवादी र २५ आतंकवादी समूहको आश्रयस्थल भएको देश कुन हो ? अर्को भाषा बोलेको भरमा कुन देशका सेनाले आफ्नै नागरिकको नरसंहार गरेको थियो ? यी सबैको एक उत्तर हो पाकिस्तान ।’
नयाँ दिल्लीले भनेको छ ‘जम्मू काश्मिर र लद्याखको भूखण्ड सँधै भारतको थियो, छ र रहनेछ र यस भारतीय भूखण्डमा पाकिस्तानको गैरकानूनी र जबर्जस्त बसोबास छ ।
विश्व आतंकवादको केन्द्र पाकिस्तानले मेरो देशको आन्तरिक मामिलाका गर्ने टिप्पणी चाहन्नाँै । हामी युनेस्को परिवार र विश्व समाज नै पाकिस्तान चाहँदैनौँ ।’
-द एशियन एजबाट साभार
तस्वीर स्रोत : एएनआइ