स्वास्थ्य

स्वास्थ्य बीमाबाट २५ लाख नागरिक लाभान्वित

स्वास्थ्य बीमाबाट २५ लाख नागरिक लाभान्वित

काठमाडौँ।  हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गरिँदैछ।

 स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार हालसम्म २४ लाख ५० हजार जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन् । ४८० स्थानीय तहमा समेत कार्यक्रम पुगिसकेको छ ।

कुल सात लाख ११ हजार परिवार स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । त्यसमा छ लाख ११ हजार गरिब परिवार, अति विपन्न परिवारलाई पनि आबद्ध गरिएको जानकारी पोखरेलले दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन।  

स्वास्थ्य बीमा

विशेष