खेल

श्रीलंका र अष्ट्रेलिया विरुद्धको सिरिजका लागि भारतद्वारा टिम घोषणा

श्रीलंका र अष्ट्रेलिया विरुद्धको सिरिजका लागि भारतद्वारा टिम घोषणा

काठमाडौंः श्रीलंका विरुद्धको टी–२० र अष्ट्रेलियासँगको वानडे क्रिकेट सिरिजका लागि भारतले टिम घोषणा गरेको छ । भारतले सोमबार घोषणा गरेको टिममा फास्ट बलर जसप्रित बुमराह टिममा फर्किएका छन् । उनी चोटका कारण केही समययता टिम बाहिर थिए । यस्तै टी–२० सिरिजमा रोहित शर्मा र मोहम्मद शामीलाई विश्राम दिइएको छ ।

रोहितको स्थानमा टिममा शिखर धवनलाई समावेश गरिएको छ । शिखरले चोटका कारण वेस्ट इन्डिज विरुद्धको सिरिज गुमाएका थिए । यस्तै श्रीलंका विरुद्धको टी–२० सिरिजमा दीपक चाहर हुने छैनन् । उनी चोटका कारण टिममा नपरेका हुन् ।

दीपकको स्थानमा अर्का फास्ट बलर नवदीप सैनीलाई मौका दिइएको छ । भारत र श्रीलंकाविरुद्धको ३ खेलको सिरिज ५ जनवरीदेखि सुरु हुँदैछ । भारतले अष्ट्रेलियाविरुद्ध १४ जनवरीदेखि वानडे सिरिज खेल्ने छ । 

श्रीलंकाविरुद्ध खेल्ने भारतको  टी–२० टिमः विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर,  ऋषभ पन्त (विकेटकीपर) मनीष पाण्डे, शिवम दुबे, सञ्जू स्यामसन, रवीद्र जडेजा, वाशिङटन सुन्दर, कुलदीप यादव, युजवेद्र चहल, शार्दुल ठाकुर, जसप्रीत बुमराह र नवदीप सैनी ।  

अष्ट्रेलियाविरुद्ध खेल्ने भारतको वानडे सिरिजः विराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, केएल राहुल, श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), मनीष पाण्डे, केदार जाधव, शिवम दुबे, रवीद्र जडेजा, कुलदीप यादव, युजवेद्र चहल, शार्दुल ठाकुर, जसप्रीत बुमराह, नवदीप सैनी र मोहम्मद शामी । 

टी–२० क्रिकेट सिरिज वानडे क्रिकेट सिरिज

विशेष