मनोरञ्जन

माईनस डिग्री तापक्रममा यस फिल्मको सुटिंग गर्दै छन अमिताभ बच्चन

माईनस डिग्री तापक्रममा यस फिल्मको सुटिंग गर्दै छन अमिताभ बच्चन

एजेन्सी। अभिनेता अमिताभ बच्चन यतिबेला धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र 'ब्रह्मास्त्र' को छायांकनमा व्यस्त छन।  आरती गरेको सिनका लागि अभिनेता रणवीर कपूर र अमिताभ बच्चन यतिबेला त्रिपुरा सुन्दरी मन्दिर पुगेका छन।  फिल्मको सुटिंग यतिबेला  हिमाचल प्रदेशमा भईरहेको छ। चिसो बढेसंगै यहाँको तापक्रम अहिले माइनस सुन्य डिग्री सेल्सियसमा झरेको छ।  

हिमपात र चिसोबाट बच्नका लागि बिग बि ले हर प्रयास गरिरहेका छन।  सामाजिक संजालमा पनि सक्रिय रहेका अमिताभले हालै मात्र इंस्टाग्राममा एक फोटो शेयर गरेका छन जहाँ उनले बाक्लो ज्याकेट र चस्मा लगाएका छन।  क्याप्सनमा उनले लेखेका छन, माइनस डिग्री मुटु कमाउने चिसो र प्राक्टिकल गियर। तस्बिरमा कमेन्ट गर्दै उनकी छोरी श्वेताले ड्याडी कुल भन्दै लेखेकी छिन।  

अमिताभ बच्चनका साथमा रणवीर कपुर पनि मनालीमा चलचित्रको छायांकनमा व्यस्त छन।  उनीहरुका अलावा चलचित्रमा मौनी राय र आलिया भट्ट पनि एकसाथ देखिदै छन।  

चलचित्र ब्रह्मास्त्रलाई आयान मुखर्जीले निर्देशन गर्दै छन।  

 

अमिताभ बच्चन

विशेष