खेल

पीपीएलमा आज काठमाडौं र चितवन भिड्दै

पीपीएलमा आज काठमाडौं र चितवन भिड्दै

काठमाडौंः पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज चितवन राइनोज र काठमाडौं गोल्डेन्स वारियर्स भिड्दै छन् ।  चितवन–काठमाडौंबीचको खेल आज बिहान ११ः३० बजेदेखि सुरु हुँदैछ । चितवनमा पारस खड्का र काठमाडौंमा ज्ञानेन्द्र मल्ल कप्तान छन् । आजको खेल काठमाडौंका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको ‘प्ले अफ’मा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।

चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं ‘प्ले अफ’मा पुग्ने छ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।

चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्ने छ ।

पोखरा प्रिमियर लिग ज्ञानेन्द्र मल्ल पारस खड्का चितवन राइनोजविरुद्ध काठमाडौं गोल्डेन्स

विशेष