१३औँ सागः चन्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

काठमाडौंः १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई पहिलो पदक दिलाएकी छन् ।
सातदोबाटोस्थित कराँते हलमा आज भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी हेत्तीले भुटानकी सोनामलाई पराजित गरिन् । बंगलादेशकी अख्तरले पनि कास्य जितिन् । त्यसअघि पहिलो चरणमा चन्चला समूह ‘ए’ बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन् ।
साग कराँते चन्चला दनुवार