खेल

एन्फाले बिमलसहित ४ जना खेलाडीमाथिको प्रतिबन्ध अवधि घटायो

एन्फाले बिमलसहित ४ जना खेलाडीमाथिको प्रतिबन्ध अवधि घटायो

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ ।

एन्फाको अनुशासन समितिले मंगलबार विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले  विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो ।

उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारैजना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए । एन्फाले चारै खेलाडीमाथि ५० हजार जरिवानासमेत गरेको थियो ।

अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।

एन्फा

विशेष