खेल

मण्डेकाजीले दिलाए साग नेपाललाई पहिलो स्वर्ण

मण्डेकाजीले दिलाए साग नेपाललाई पहिलो स्वर्ण

काठमाडौंः मन्डे श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन् ।

मन्डे श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन् ।

फाइनलमा मन्डले २५.७२ अंक ल्याउँदै पाकिस्ताका नैयामातुल्लाहलाई पराजित गरेका हुन् । नैयामातुल्लाहले २४.९२ अंक प्राप्त गरे ।

यसअघि समूहमा मन्डेले २४.० अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका हुन् । यस्तै अर्को समूहमा पाकिस्तानका नैयामातुल्लाहले २३.६८ अंक ल्याउँदै स्वर्णका लागि मन्डेसँगको भिडन्त पक्का गरेका थिए ।

त्यसबाहेक समूहमा श्रीलंकाका साउथरासाले २१.१८, बंगलादेशका मोहम्मद हासिन्कले २२.८ अंक ल्याए । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो पदक जितेको छ । त्यसअघि चञ्चला दनुवारले कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ नेपाललाई रजत पदक दिलाएकी थिइन् । पाकिस्तानकी साइदासँग पराजित हुँदै नेपाल रजतमा खुम्चिएको थियो । 

साग मन्डे श्रेष्ठ

विशेष