१३औँ सागः तेक्वान्दोमा कमलले दिलाए स्वर्ण

काठमाडौंः १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेको २३ देखि २९ वर्षको उमेर समूह स्पर्धामा तेक्वान्दोका कमल श्रेष्ठले स्वर्ण जित्न सफल भएका छन् ।
कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । उनले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् ।
भारतका राहुलले ८.२०० अंक लिए । श्रीलंकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे । तेक्वान्दोमा आज पहिलो दिन पुम्सेतर्फ १३ पदकको छिनोफानो हुनेछ । (फाइल फोटो)
कमल श्रेष्ठ स्वर्णपदक