मनोरञ्जन

दीपिका अभिनित 'छपाक' लाई रिलिज अगावै कथा चोरीको आरोप

दीपिका अभिनित 'छपाक' लाई रिलिज अगावै कथा चोरीको आरोप

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र 'छपाक' रिलिज अगावै कानुनी विवादमा तानिएको छ ।  चलचित्रलाई कथा चोरीको आरोप लागेको छ ।   

लेखक रोकेश भारतीले आफूले लेखेको कथासँग छपाकको कथा हुबहु मिलेको भन्दै मुम्बई उच्च अदालतमा फिल्मविरुद्ध मृद्धा दर्ता गरेका छन् ।  राकेश भारतीका वकिल अशोक सरोगीका अनुसार राकेशले मेघना गुल्जार र फक्स स्टार स्टुडियोजले उनको आइडियामा फिल्म निर्माण गरेको गुनासो निमार्तासँग गरेका थिए । 

तर, निर्माताले चासो नदेखाएपछि उनी अदालत पुगेका हुन् । उनले विगत ४ वर्षदेखि यो फिल्मका लागि काम गर्दै आएको बताए । मुद्धाको सुनुवाइ डिसेम्बर २७ मा हुने बताइएको छ । 

चलचित्र 'छपाक'  एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म हो। यसमा दीपिका लक्ष्मीबाट प्रेरणा पाएको मालती नामको पात्रको भूमिकामा छिन्। चलचित्र आगामी जनवरी १० देखि रिलिज हुने तयारीमा रहेको छ।  

 

छपाक बलिउड चलचित्र

विशेष