मनोरञ्जन

'झिंगेदाउ' मा आँचलको यस्तो गेटअप

'झिंगेदाउ' मा आँचलको यस्तो गेटअप

काठमाडौँ।  चलचित्र'नाई नभन्नु ल ४' बाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री आंचल शर्मा पछिल्लो समय निकै नै व्यस्त छिन।  यतिखेर उनि म्युजिक भिडियोका साथै चलचित्रमा पनि व्यस्त छिन। 

अभिनयमा खासै निखारता ल्याउन नसकेकी आंचलले प्रायजसो सहरिया युवतीको भूमिका निर्वाह गर्दै आइरहेकी छिन।  तर यसपटक भने आंचलले चलचित्र 'झिंगेदाउ' मा  अहिलेसम्म नदेखेको भूमिका निर्वाह गर्दैछिन।  यस चलचित्रमा उनलाई गाउँले भूमिकामा देखिदै छ।  

 आइतबार निर्माण टिमले अभिनेत्री आँचलको लुक्स सार्वजनिक गरेको छ । जसमा उनलाई निकै फरक गेटअपमा देख्न सकिन्छ । सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा देखिएकी उनले कम्मरमा पटुकी बाँधेकी छन् । त्यस्तै, हातमा हँसिया र गाईवस्तुका लागि पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छन् । 

आंचलको यो गेटअपले दर्शकमाझ कौतुहलता जगाउने देखिन्छ।  फिल्ममा उनले विवाहित महिलाको भूमिका निभाएकी छन्, जो विकट गाउँमा बस्छिन् । पहिलो पटक फरक भूमिका निर्वाह गर्न पाएकी उनी आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् । फिल्ममा उनका साथमा जोडी ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निभाएका मुकुन्द भुषाल देखिदैछन।  

फिल्ममा ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहेको छ। चलचित्र झिंगेदाउ साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भई निर्माण हुन लागेको हो।  

आचल शर्मा झिंगेदाउ

विशेष