स्वास्थ्य

मुला खानुका फाइदाहरु, जानिराखौं

मुला खानुका फाइदाहरु, जानिराखौं

शरीरलाई स्वस्थ राख्नका लागि डाक्टरहरुले प्रसस्त सलाद खान सल्लाह दिने गर्छन।  विशेषगरी उनीहरुले सलादमा मुला खान बढी जोड दिने गरेका छन।  किनकी, मुलालाई आयुर्वेदमा स्वस्थ रहने खजाना मान्ने गरिन्छ।  यसमा पाइने फाइटोकेमिकल्स र एन्थोक्यानिस तत्व स्वास्थ्यका लागि अति नै फाइदाजनक रहेको छ। मुलाको सेवनबाट केहि समस्याहरुबाट पनि निजात पाउन सकिन्छ।  आज हामी मुला खानुका केहि फाइदाहरुका बारेमा बताउन जादै छौं आउनुहोस 

कब्जियतका लागि फाइदाजनक 

मुलामा पाईने फाइबर तत्व कब्जियतका लागि अति नै लाभदायक छ।  मुलाको सेवनले पाचन प्रक्रिया नियन्त्रणमा राख्न मदत गर्छ।  यसका अलावा मुला किड्नीको लागि पनि अति नै फाइदाजनक रहेको छ। यसले शरीरबाट अनावश्यक विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्दछ।  

इन्सुलिन नियन्त्रण 

मुलाको सेवनले इन्सुलिनको मात्रा  नियन्त्रण गर्न मदत पुर्याउछ। साथमा मुलाले शरीरमा सुगरको मात्रा पनि नियन्त्रणमा राख्छ।  

रक्तचाप नियन्त्रण

मुलामा हाइपरटेंसिव गुण पाइन्छ, जसले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउछ।  यसमा प्रसस्त मात्रामा पोटासियम तत्व पाईन्छ जसले सोडियम र पोटासियमलाई नियन्त्रणमा राखी शरीरको रक्तचाप बढ्न दिदैन्।  

चिसोबाट बचाउछ

मुलामा एन्टी कन्जेस्टिव गुण पाइन्छ जसले चिसो तथा रुघा खोकीबाट बचाउछ त्यसकारण मुलालाई आफ्नो डाइटमा समावेश गर्दा यसबाट विविध शारीरिक लाभ उठाउन सकिन्छ । 

 

 

 

 

मुला फाइदा

विशेष