खेल

माल्दिभ्समाथि नेपाल १० विकेटले विजयी, अञ्जलीको विश्व कीर्तिमान

माल्दिभ्समाथि नेपाल १० विकेटले विजयी, अञ्जलीको विश्व कीर्तिमान

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स महिला क्रिकेट टिमविरुद्ध नेपाल १० विकेटले विजयी भएको छ ।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले ५ बलमा बिनाविकेट पूरा गर्यो । नेपालका लागि काँजल श्रेष्ठले ३ चौकाको मद्दतमा ५ बलमा १३ रन बनाइन् । 

 यसअघि माल्दिभ्सले १०.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६ रन मात्र बनायो । उसका लागि हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउनु बाहेक अन्यले खाता नै खोल्न सकेनन् । माल्दिभ्सका ९ खेलाडीले खाता नै खोल्न सकेनन् ।

बलिङमा नेपाली महिला टिमकी तिव्र गतिकी बलर अन्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् ।

उनले माल्दिभ्सविरुद्ध २.१ ओभरमा २ मेडन कुनै रन नदिएर ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन् ।

यो विश्व टी–२० महिला क्रिकेटमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।

अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन् । अन्जलीले ४ खेलाडीलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।
 

साग

विशेष