पीपीएलः फाइनल प्रवेशका लागि विरानगर र बुटवल भिड्दै

काठमाडौंः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि आज बुटवल व्लास्टर्स र विराटनगर टाईटन्स खेल्दै छन् । बुटवल र विराटनगरबीचको खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुँदैछ ।
आजको विजेता टिमले उपाधिका लागि शनिबार चितवन राईनोजसँग भिड्ने छ । लिग चरणको अन्तिम खेलमा बुटवललाई हराउँदै विराटनगर तेस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा प्रवेश गरेको हो । बुटवल लिग चरणको एक खेल अगाडि नै दोस्रो स्थानमा रहँदै ईलिमिनेटर राउण्डमा छनोट भइसकेको थियो ।
तेस्रो स्थानमा रहँदै विराटनगर छनोट हुँदा नेट रनरेटका आधारमा काठमाडौं गोल्डेन प्रतियोगिताबाट बाहिरिन पुग्यो । लिग चरणमा प्रदीप ऐरी नेतृत्वको विराटनगरले पोखरा पल्टन र बुटवललाई पराजित गर्न सफल रह्यो ।
पीपीएल पोखरा प्रिमियर लिग बुटवल व्लास्टर्सविरुद्ध विराटनगर टाईटन्स